Logo

एनएमबि बैंकको ‘एनएमबि सापटी २.०’ सेवा शुरू, कर्जा आवेदनदेखि सम्पूर्ण प्रक्रिया डिजिटल

एनएमबि बैंकको ‘एनएमबि सापटी २.०’ सेवा शुरू, कर्जा आवेदनदेखि सम्पूर्ण प्रक्रिया डिजिटल



काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ । जस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।

यो नेपालमै पहिलो पटक २४ औं घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता भएको बैंकले जनाएको छ । यस सेवा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधि सहित २ लाख सम्म २४ औं घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL