Logo

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८ सयले बढेर प्रतितोला ९० हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैँयाले बढेर प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL