काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि २ दिने अभिमुखीकरण तथा बैकिङ्ग तालिम प्रदान गरेको छ । बैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो । कर्मचारीहरुलाई बैंक सम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ…