Logo

अमेरिकाले दिएको १५ लाख डोज खोप आज नेपाल आइपुग्ने, जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा

अमेरिकाले दिएको १५ लाख डोज खोप आज नेपाल आइपुग्ने, जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा



काठमाडौं । कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आज (सोमबार) बिहान नेपाल आइपुग्दै छ । कोभिड– १९ विरुद्धको जेनसेन भ्याक्सिन बिहान ११ बजे कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो ।

laxmi

अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । यो खोप ब्रसेल्सबाट ल्याउन लागिएको हो । अमेरिकाबाट प्राप्त भएको खोप कस्ता नागरिकलाई प्रदान गर्ने भन्ने निर्णय भने सरकारले अहिलेसम्म गर्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले भने छुटेका र जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा राखेर यो खोप लगाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासले कोभिडविरुद्धको यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ । दूतावासका प्रवक्ता एन्ना रिच एलेनले अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार स्वरुप १५ लाख डोज खोप उपलब्ध गराएको जानकारी दिएकी छन् ।

खोपका लागि नेपालले विगत लामो समयदेखि अमेरिकलाई आग्रह गर्दै आएको थियो । अहिलेसम्म नेपालले चीन र भारतबाट ल्याइएका खोप दिँदै आएको छ । अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल भइरहेको सरकारले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सन् २०२१ भित्रै सबै नागरिकलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL