Logo

सिटी एक्सप्रेसद्वारा ‘न एती न उति सिधै लखपति’ योजनाको बिजेतालाई १० लाख हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा ‘न एती न उति सिधै लखपति’ योजनाको बिजेतालाई १० लाख हस्तान्तरण



काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १४ वसन्त पार गरी १५औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँदै’ भन्ने मुल नाराका साथ  १५औं बार्षिकोत्सव अहिलेको बिषम परिस्थिती लाई मध्य नजर गर्दै आफ्नै कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स , कमलादीमा सानो समारोह बिच सम्पन्न गरेको छ ।

उक्त समारोहमा ‘न एती न उति सिधै लखपति’ योजनाको बिजेता साउदीमा कार्यरत  जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई १० लाखको चेक हस्तान्तरण गरेको छ । साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक बर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL