काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंको तारकेश्वर नगरपालिकाको शेषमतिमा थप एक नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्न…