Logo

संयुक्त सरकारका न्युनतम साझा कार्यक्रम : आगामी ३ महिनाभित्र आर्थिक सम्बन्धी सबै विधेयक पारित गर्ने, चुरे दोहन रोक्ने

संयुक्त सरकारका न्युनतम साझा कार्यक्रम : आगामी ३ महिनाभित्र आर्थिक सम्बन्धी सबै विधेयक पारित गर्ने, चुरे दोहन रोक्ने



काठमाडौं । सरकारले आर्थिक सम्बन्धी सबै विधेयकहरुलाई आगामी ३ महिनाभित्र संसदबाट पारित गर्ने बताएको छ । आईतबार संयुक्त सरकारको साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्दै सबै विधेयक पारित गरिने बताईएको हो ।

laxmi

हाल पाईपलाईनमा रहेका विभिन्न विधेयकहरुलाई ३ महिनाभित्रै पारित गरिने बताईएको छ । यस्तै न्युृनतम साझा कार्यक्रममा अघिल्लो सरकारले बजेटमा ल्याएको चुरेको ढुंगा गिट्टी निर्यात गर्ने नीति विरुद्ध चुरे दोहन रोक्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गर्नेलगायतका कुराहरु समेटिएका छन् ।

यस्तै विद्युतको शुल्क मिनाहा, कोरोना प्रभावित व्यवसायीलाई बैंक ब्याजदर मिनाहा, मेलम्ची खानेपानी आयोजनाको चाँडो पुनर्निर्माणलगायतका कार्यहरुलाई उक्त कार्यक्रममा प्राथमिकतामा राखिएको छ ।

[googleapps domain=”drive” dir=”file/d/1faWRuTisv4ML98kL2kLCq-w1Yj-6D7QK/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL