काठमाडौं । माओवादी नेता तथा प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुन लामाको हत्या अभियोगमा मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको छ। यस आदेशसँगै जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सापकोटाविरुद्धको किटानी जाहेरीमा पुनः अनुसन्धान अघि बढाउनु पर्ने भएको छ। उक्त जाहेरी लामाकी पत्नी पूर्णिमाया लामाले दर्ता गराएकी थिइन्, जसमा उनले आफ्ना पतिको हत्यामा सापकोटा संलग्न भएको आरोप लगाएकी…