Logo

नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिए किरण पण्डित

नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिए किरण पण्डित



काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित तोकिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै कार्यकारी निर्देशक पण्डितलाई प्रवक्ता तोकिएको बताएको हो ।

वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्