Logo

माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दा फेरि खोलिने, सर्वोच्चको आदेशपछि अनुसन्धान अघि बढ्दै

माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दा फेरि खोलिने, सर्वोच्चको आदेशपछि अनुसन्धान अघि बढ्दै



काठमाडौं । माओवादी नेता तथा प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुन लामाको हत्या अभियोगमा मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिएको छ। यस आदेशसँगै जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सापकोटाविरुद्धको किटानी जाहेरीमा पुनः अनुसन्धान अघि बढाउनु पर्ने भएको छ।

उक्त जाहेरी लामाकी पत्नी पूर्णिमाया लामाले दर्ता गराएकी थिइन्, जसमा उनले आफ्ना पतिको हत्यामा सापकोटा संलग्न भएको आरोप लगाएकी हुन्। यसअघि माओवादीको राजनीतिक प्रभाव र राज्यशक्तिको दुरुपयोग गर्दै सो उजुरी तामेलीमा राखिएको थियो।

तर, सो निर्णयविरुद्ध पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा। मनोजकुमार शर्मा र डा। कुमार चुडालको संयुक्त इजलासले प्रहरीको तामेली निर्णय खारेज गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

सर्वोच्च अदालतका अनुसार सापकोटाविरुद्धको मुद्दामा ‘उत्प्रेषण जारी’ गरिएको छ भने अन्य दुई रिटहरू भने खारेज भएका छन्।

प्रतिक्रिया दिनुहोस्