Logo

सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिनिकलबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याब सेवामा २० प्रतिशत छुट

सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिनिकलबीच सम्झौता, बैंकका ग्राहकलाई ल्याब सेवामा २० प्रतिशत छुट



काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याबबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले लाईफ क्युइस्ट क्लिीनिक ल्याबमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्