काठमाडौं । सरकारले वैदेशिक राजगारीमा गएमा कादमारलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा समावेश गराउने भएको छ । यसअघि देशभित्रै संगठित क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीलाई मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिँदै आएको थियो । तर सरकारले बजेटमार्फत अबमा दिनमा वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने भएको हो ।