काठमाडौं । उद्योगीहरुले अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै धेरैजसो वस्तुको मूल्य वृद्धि गरिरहेका छन् । स्थानीय चुनावको बढ्दो रौनक र सम्बन्धित मन्त्रालय नै मन्त्रीविहिन हुँदा बजार अनुगमनमा सरकारी चासो शून्य देखिन्छ । जसका कारण उपभोक्ता बजारमा कम मूल्यमा पाईने वस्तु नै अत्याधिक मूल्य तिरेर उपभोग गर्न बाध्य हुँदैछन् । पछिल्लो समय बजारमा…