Logo

मौद्रिक नीति शुक्रबार आउने, बिहान ८ : ३० मा बैठक बस्न संचालकलाई निम्ता

मौद्रिक नीति शुक्रबार आउने, बिहान ८ : ३० मा बैठक बस्न संचालकलाई निम्ता



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार ल्याउने भएको छ । राष्ट्र बैंकले असारकै अन्तिम साता मौद्रिक नीति ल्याउने तयारी गरेपनि केही प्राबिधिक कारणले गर्दा पछि धकेलिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

laxmi

शुक्रबार मौद्रिक नीति ल्याउन बिहान ८ : ३० बजेका लागि राष्ट्र बैंक संचालक समितिको बैठक बोलाईएको छ । शुक्रबार बिहान बस्ने संचालक समितिको बैठकले स्वीकृत गरेर दिउसो मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार पछिल्लो समय बाह्य क्षेत्रमा परेको चापलाई व्यवस्थापन गर्ने गरि मौद्रिक नीति आउने भएको छ । निजी क्षेत्रले बजारमा देखिएको तरलता अभाव समाधान र आयातमामा लाग्दै आएको नगद मार्जिन लगायतको अंकुश हटाउने गरि मौद्रिक नीति ल्याउन आग्रह गरेपनि राष्ट्र बैंकले बाह्य क्षेत्र दबाबमा रहेका कारण कडाई गर्ने सम्बद्व स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL