काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानि निःशुल्क गर्न सकिने भएको छ । अनलाइनमार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो । जसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठुलो सहजता हुने अपेक्षा गरिएको छ ।…