काठमाडौं । एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । आज संसद भवन बानेश्वरमा बसेको ७ दलीय सत्ता साझेदारको बैठकले उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको हो । उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी पाउनेगरी एमालले निर्णय गरेको स्रोतले जानकारी दिएको छ । विष्णु पौडेललाई सेयर बजारका लागि भाग्यमानी अर्थमन्त्रीका रुपमा लिईन्छ । यसअघि २०७२…