Logo

३ उप-प्रधानमन्त्रीसहित ७ सदस्यीय मन्त्रीमण्डल गठन, ४ बजे राष्ट्रपतिसमक्ष सपथ लिदै प्रधानमन्त्री प्रचण्ड

३ उप-प्रधानमन्त्रीसहित ७ सदस्यीय मन्त्रीमण्डल गठन, ४ बजे राष्ट्रपतिसमक्ष सपथ लिदै प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ६ मन्त्रीसहित सपथ ग्रहण गर्ने टुंगो लागेको छ । आज बानेश्वस्थित प्रतिनिधिसभा हलमा भएको सात दलीय गठबन्धनको बैठकले उक्त कुरा टुंगो लगाएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार आज गठन हुने मन्त्रीमण्डलमा ३ जना उपप्रधानमन्त्री रहने भएका छन् । जसमा नेकपा एमालेका तर्फबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको रुपमा सपथ लिने भएका छन् ।

एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ । पौडेलले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । एमालेले आजै पौडेल सहित ज्वाला कुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई पनि मन्त्रीको रुपमा सरकारमा पठाउने भएको छ । तर आज सपथ लिने अन्य मन्त्रीहरुले भने कुन कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषयमा टुङ्गो नलागिसकेको उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL