Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकले गुरु ट्राभल्समा विशेष छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकले गुरु ट्राभल्समा विशेष छुट पाउने



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले “गुरु ट्राभल्स लिमिटेडसंग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको हो ।

laxmi

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले “गुरु ट्राभल्स लिमिटेड” मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL