काठमाडौं । पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको बाँकेको नेपालगञ्ज ‘होटल हव’ को रुपमा विकास हुँदैछ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो बाटो भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटल व्यवसायमा लगानी बढेको हो । व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रमा होटल व्यवसायमा रु १२ अर्बभन्दा बढी लगानी भएको छ ।…