Logo

सुजुकीले सार्वजनिक गर्याे ग्राण्ड भिटारा र नयाँ ब्रेजा, यस्तो छ बजारमूल्य

सुजुकीले सार्वजनिक गर्याे ग्राण्ड भिटारा र नयाँ ब्रेजा, यस्तो छ बजारमूल्य



काठमाडौं । सीजी मोटोकर्पल नेपालमा दुई नयाँ एसयुभी सार्वजनिक गरेको छ । कम्नपीले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको हो । दुई नयाँ गाडी सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ । ‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्र्याफ्टेड फ्यचरिज्म डिजाईन ल्यांग्वेजको प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

यो प्रविधिले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाईब्रीड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्दछ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् ।

प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ । सीजी होल्डीङ्सका कार्यकारी निर्देशक करण चौधरीका अनुसार ‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ ।

यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डीसन हुन जसको लागि एसयूभी उचित हुन्छ । साथै ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन ।’ कम्पनीली यी दुई गाडीको मूल्य ४६ लाख २९ हजार रुपैयाँदेखि ८८ लाख २९ हजार रुपैयाँसम्म राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL