काठमाडौं । ग्लोबल आइएमई बैंक र राजधानी डेरी प्रालिबीच सम्झौता भएको छ । कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी पत्रमा बुधबार दुई पक्षबीच हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरी प्रालिका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार, ग्लोबल आइएमई बैंक लिमिटेडले राजधानी…