काठमाडौं। नेपाल बैंकर्स संघले फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहँदा बिहीबार संघले सो निर्णय गरेको हो । संघले फागुनमा पनि माघ महिनाको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हो । अहिले साधारण मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दर कायम…