Logo

नेपालमै उत्पादित सवारीसाधन दर्ताको बाटो खुल्यो, अब भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने

नेपालमै उत्पादित सवारीसाधन दर्ताको बाटो खुल्यो, अब भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने



काठमाडौं । सरकारले नेपालमा उत्पादन हुने सवारीसाधन दर्ता प्रक्रिया सुरु गर्नका लागि कार्यविधि परिमार्जन गरिएको छ । केहि समयअघि नेपालमा उत्पादित विजुली मोटरसाइकल यात्री नेपालमा दर्ता हुन नसकेको कुरालाई मध्यनजर गर्दै सरकारले अब उक्त सवारी दर्ता प्रक्रिया अघि बढाउन कार्यविधि परिमार्जन गरेको हो ।

laxmi

यसअघि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० ले नेपालमा सवारी दर्ता गर्न भन्सार प्रज्ञापन पत्र अनिवार्य गरेको छ । सोही बुँदाका कारण हालसम्म नेपालमा उत्पादन भएका सवारीसाधनहरु दर्ता हुन सकेका थिएनन् । यसको पछिल्लो उदाहरण यात्री माेटरसाइकल हो । यात्रीले पछिल्लो ३ बर्षदेखि विद्युतीय मोटरसाईकल उत्पादन गरेर बजारमा ल्याएपनि दर्ता गर्न सकेको थिएन । सोही कुरा संचारमाध्यमहरुले बाहिर ल्याएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसको प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही अनुसार भौतिक मन्त्रालयले कार्यविधिमा २ बुँदाहरु थप गर्दै नेपालमा उत्पादन भएका सवारीसाधन दर्ता प्रक्रिया खोलेको हो ।

कार्यविधिमा विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान हुने या नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका प्रयोजन का लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने उल्लेख गरिएको छ ।

यस्तै कार्यविधिमा थपिएको अर्काे बुँदामा नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायतका कार्यका लागि जहानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर बिजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्नेे उल्लेख छ । अर्थात अब नेपालमा उत्पादन भएका सवारीसाधनहरु पनि भन्सार प्रज्ञापनपत्र नबुझाएर दर्ता, नामसारीलगायत हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL