काठमाडौं । जलवायु परिवर्तनले जनावरहरूलाई पनि असर गरिरहेको नयाँ अनुसन्धानले देखाएको छ । सिएबिआइ समीक्षामा प्रकाशित अनुसन्धानका लागि जनावरहरूको शारीरिक र मानसिक स्वास्थ्य अध्ययन गरिएको थियो । उनीहरुको खानपान, वातावरण र व्यवहारको पनि अध्ययन गरिएको थियो । अध्ययनले तातो तापक्रम वा बढ्दो तापक्रमका कारण जनावर तनावग्रस्त हुने गरेको पाइएको छ । जसका कारण उनीहरुको उत्पादकत्व…