Logo

नेपालको खराब कर्जा अन्य देशको तुलनामा धेरै कम छ, महँगीको कारण ब्याजदर बढ्यो : एबीए अध्यक्ष एसेभेडो

नेपालको खराब कर्जा अन्य देशको तुलनामा धेरै कम छ, महँगीको कारण ब्याजदर बढ्यो : एबीए अध्यक्ष एसेभेडो



काठमाडौं । एसियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष युजेन एस एसेभेडोले अन्य देशको तुलनामा नेपालको खराब कर्जाको सीमा धेरै नै कम रहेको बताएका छन ।

laxmi

बिहीबार काठमाडौंको सोल्टी होटलमा जारी ३९औं एसियन बैंकर्स एसोसिएसन जनरल मिटिङ एन्ड कन्फ्रेन्सका क्रममा आयोजित पत्रकार सम्मेलन बोल्दै एसेभेडोले नेपालमा ३.६ प्रतिशत खराबकर्जा हुनु सामान्य भएको बताए ।

बढ्दो खराब कर्जा (एनपीएल)ले जुनैपनि संस्थालाई सुधार गर्नुपर्ने संकेत देखाएको उनले बताए। कोरोना महामारीका क्रममा कयौं व्यवसाय बन्द भएका कारण खराब कर्जा बढेको एसेभेडोको बुझाई छ ।

कोरोनाभन्दा अगाडि नै व्यवसाय खराब अवस्थामा रहेकालाई अहिले पनि रिकभर गर्न कठिन भइरहेको उनको भनाई थियो । बजारमा हुने मागका आधारमा बैंकले लगानी गर्नुपर्ने उनको धारणा थियो ।

एसेभेडोले बजारमा माग बढेरभन्दा पनि आपूर्ति शृंखलामा अवरोध हुँदा महँगी बढेको कारण विश्वमा नै ब्याजदर बढेको बताए । महँगी नियन्त्रण गर्न मौद्रिक र गैर मौद्रिक औजार प्रयोग गरेर आगामी दिनमा ब्याजदर घटाउदै लैजान सकिने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL