Logo

महासंघमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस स्थापना, हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहयोग गर्ने

महासंघमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस स्थापना, हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहयोग गर्ने



काठमाडौं । हरित अर्थतन्त्रको प्रवद्र्धनमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा ग्रीनग्रोथ एडभाइजरी सर्भिस स्थापना भएको छ ।

laxmi

राष्ट्रिय सभामा दिगो विकास एवं सुुशासन समितिका सभापति माननीय प्रकाश पन्थ, महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका देशिय निर्देशक नुमान ओजकानले संयुक्त रुपमा आज महासंघ सचिवालयमा शुुभारम्भ गरेका हुन् ।
ग्रीनग्रोथ एडभाइजरी सर्भिस अन्तराष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा स्थापना भएको हो ।

सर्भिसमार्फत महासंघले आर्थिक वृद्धिलाई बढावा दिंदै वातावरणीय रूपमा दिगो अभ्यासहरू अपनाउन सक्रिय रूपमा वकालत गर्नेछ ।

एडभाइजरीमार्फत औद्योगिक करिडोर, औद्योगिक क्षेत्र र ग्रामहरुमा विशेष जोड दिएर रोजगारमूलक सीप विकास, हरित रोजगारी र न्यायोचित परिवर्तनमा केन्द्रित हुंदै केन्द्र, प्रदेश र स्थानीयस्तरमा सचेतना अभियानहरू आयोजना गरिने
छ ।

हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न रणनीति र कार्य योजनाहरूको विकासमा सहयोग गर्ने कार्यमा पनि एडभाइजरीले पहल गर्नेछ ।

हरित बृद्धिको महत्व र केन्द्रीय, प्रदेश र स्थानीय स्तरमा वकालत र प्रगति मापन गर्न मेट्रिक्स र सूचकहरू स्थापना गरी हरित वृद्धिको कार्यान्वयन सुनिश्चित गर्न नियामक मार्गदर्शन पनि गर्ने छ ।

हरित वृद्धिसंग सम्बन्धित ज्ञान, प्रविधि र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न एवं सरोकारवाला निकायहरुसंगको सहकार्यमा पनि एडभाइजरीले काम गर्नेछ ।

यसको प्रभावकारी संचालनका लागि महासंघ, नेपाल सरकार, विश्व विद्यालय, ट्रेड यूनियन, आइएलओ र यस क्षेत्रका विज्ञहरु रहेको एक एडभाइजरी सर्भिस गठन गरिएको छ ।

एडभाइजरी शुुभारम्भ कार्यक्रमलाई संवोधन गर्दै माननीय पन्थीले महासंघले नेपाली उद्योग व्यवसायलाई हरित वृद्धिको अवधारणातर्फ लैजान थालनी गरेको प्रयासको सराहना गरे । प्रारम्भमा यस्ता कार्यको थालनी गर्नुनै निकै स्वागतयोग्य भएको भन्दै महासंघको यो प्रयासलाई विस्तारै अगाडी बढाउन सरकारको पनि सहयोग आवश्यक रहेको बताए ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली व्यवसाय र उद्योगहरूमा हरित वृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई मात्र फाइदा नपुुगी आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन दिगोपनका लागि अवसरहरू पनि सृजना हुने दावी गर्नुभयो । महासंघले यसलाई अभियानको रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाए। निजी क्षेत्रलाई यसतर्फ अभिप्रेरित गर्न आइएलओको सहयोगको प्रशंसा पनि गरे ।

आइएलओका देशिय निर्देशक नुमानले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गरे । नेपाली व्यवसाय र उद्योग क्षेत्रमा हरित वृद्धि अवधारणाको नेतृत्व र कार्यान्वयन गर्न र यसलाई देशभर प्रवद्र्धन गर्ने कार्यमा महासंघलाई आइएलओको सहयोग रहने बताए । उनले महासघसंग सहकार्य गर्न पाएकोमा खुशी पनि व्यक्त गरे ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली निजी क्षेत्रको क्षमता विकास, जनशक्ति विकास, असल श्रम सम्बन्ध विकासमा आइएलओको सहयोग सराहनीय रहेको बताए ।

सभापतिको आशनबाट महासंघका वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले वस्तुुगत संघहरूको कार्य सञ्चालन विधि, कार्यस्थलमा आधारित सीप सिकाई निर्देशिका, हरित बृिद्ध प्रतिवेदन तयार गर्न आइएलओले गरेको सहयोगको प्रशंसा गरे । साथै उनले महासंघका सदस्य वस्तुुगत संघहरूको क्षमता अभिवृद्धि गर्न यस्ता दस्तावेजहरुले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । उनले एडभाइजरीबाट निजी क्षेत्रलाई लाभान्वित गराउने अभियानमा महासंघले नेतृत्व लिने प्रतिवद्धता पनि जनाए ।
कार्यक्रममा महासंघका पदाधिकारीहरु, सरकारी अधिकारीहरु, आइएलओका अधिकारीहरु, प्राज्ञिकहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL