Logo

प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यले भूकम्पपीडितलाई एक महिनाको तलब दिने

प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यले भूकम्पपीडितलाई एक महिनाको तलब दिने

पूर्वाधार शुल्कबाट प्राप्त रकम बूढीगण्डकीलाई, पोर्चुगलमा नेपाली दूतावास स्थापना



काठमाडौं । प्रधानमन्त्री र सबै मन्त्रीहरूले एक महिनाको तलब भूकम्पपीडितलाई दिने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठक जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

laxmi

भूकम्प प्रभावित क्षेत्रमा अहिले विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भइरहेको छ । अहिलेसम्म प्रधानमन्त्री राहत कोषमा ६ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ । यस्तै प्रदेश सरकारहरू र विभिन्न स्थानीय तहहरूले पनि प्रभावित क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् । साथै केही प्रदेशले त्यस क्षेत्रमा चिकित्सक टोली पनि खटाएका छन् ।

बैठकले इन्धनको पूर्वाधार शुल्कबाट रु पाँचका दरले प्राप्त हुने रकम बूढीगण्डकी जलाशय आयोजनालाई दिने र कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

यसैगरी काठमाडौँको मूलपानी, भरतपुर र मोरङको क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा सञ्चालन गर्ने र निजगढ अन्तिर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन विज्ञ टोलीबाट प्राप्त प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० स्वीकृत गर्ने र युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी समिम नेपाललाई राजदूत पदमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले जानकारी दिइन।

प्रतिक्रिया दिनुहोस्
MBL