काठमाडौं । भूकम्प र नाकाबन्दीका कारण नकारात्मक बन्दै गएको अर्थतन्त्रको समग्र अवस्थाको जानकारीसहित सुधारका कार्यक्रम राखेर सरकारले श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मङ्गलबार साँझ अर्थमन्त्रालयमा सरकारको समग्र आर्थिक योजना सहितको श्वेतपत्र जारी गरेका हुन् । जलविद्युतलाई मुख्य प्राथमिकतामा राखिएको उक्त श्वेतपत्रमा विद्यमान पेट्रोलियम सङकटलाई समाधान गर्न व्यवस्थित वितरणलाई कडाईका साथ लागु गर्ने…