Logo

सीमानाकाबाट भित्रिन छाड्यो पेट्रोलियम, सर्वसाधारण लाई वितरण अनिश्चित

सीमानाकाबाट भित्रिन छाड्यो पेट्रोलियम, सर्वसाधारण लाई वितरण अनिश्चित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयाल निगमले तत्कालका लागि सर्वसाधारणलाई पेट्रोल वितरण नगर्ने भएको छ । केही समय अघि सर्वसाधारणलाई पनि वितरण गरिने भनिएपनि हाल सीमानाकाबाट भित्र्न छाडेकाले तत्काललाई वितरण गर्ने योजना नभएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । ‘हामीले केही दिन पहिला सीमानाकाबाट पेट्रोलका ट्याङ्कर भित्रने क्रम बढेकाले सर्वसाधारणलाई वितरण गर्ने भनेका थियौं,’ उनले भने, ‘तर, पछिल्लो समय पेट्रोलियम बोकेका ट्याङ्कर सीमा पारी नै रोकिएकाले स्थिगित गरेका छौं ।’

घिमिरेका अनुसार यो हाप्ता पेट्रोल बोकेका कुनै पनि ट्याङकर नेपाल भित्रिएका छैनन । आइतबार र सोमबार कुनै पनि सीमानाकाबाट ट्याङ्कर भित्रिएका छैनन् । केही दिनका लागि सुनौलीनाका खुलेपनि पछिल्लो समय झन कडाइ भएको छ । निगमसँग स्टकमा कम पेट्रोल रहेको र अत्यावश्यक सवारीसाधनलाई दिनुपर्ने भएकाले सर्वसाधानलाई वितरण नगरिने भएको हो । तर, सोमबार गीता र मनोज ग्याँसका २ वटा बुलेट भने नेपाल भित्रिएको छ ।

पछिल्लो समय सीमानाकामा पेट्रोलियम तस्करी बढेकाले पनि आन्दोलनकारीले पेट्रोलियम बोकेका ट्याङ्करलाई नेपाल भित्रन् रोक लगाएको सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय नेपाली बजारमा एकदमै ठूलो मात्रामा पेट्रोलियमको तस्करी बढेको छ । हाल बजारमा प्रतिलिटर २ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका खुलमखुला विक्री भइरहेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL