Logo

टेलिकमले थप्यो पोष्टपेडमा सियुजी सुविधा, ५० जना भन्दा ठूलो समुहलाई भ्वाइस कलमा छुट

टेलिकमले थप्यो पोष्टपेडमा सियुजी सुविधा, ५० जना भन्दा ठूलो समुहलाई भ्वाइस कलमा छुट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोष्टपेडका ग्राहकका लागि नयाँ सुविधा ल्याएको छ । टेलिकमले जीएसएम पोष्टपेडका ग्राकहले आवश्यक संख्यामा क्लोज युजर ग्रुप निर्माण गरेमा सो ग्रुपमा आवद्धलाई आगामी मंसिर १० गते भ्वाइस कलमा विशेष सुविधा दिन लागेका हो ।

जसअनुसार ५० देखि १ सय जनालाई प्रति मिनेट ५० पैसा , १ सय १ देखि २ सय प्रतिमिनेट ४५ र २ सय १ देखि ५ सय जनाको समुहलाई प्रतिमिनेट ४० पैसा लाग्ने छ ।
सो महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन ।

सुविधा लिन चाहने कर्पोरेट समूहले ग्रुपमा राख्न चाहने ग्राहकको नामावली र अन्य कागजातसहित उपत्यकाको लागि मोबाइल सेवा निर्देशनालय पुल्चोक र उपत्यका वाहिरका लागि सम्बन्धित क्षेत्रीय निर्देशनालयमा सम्पर्क गर्नुपर्नेछ ।

जिएसएम पोष्टपेडका ग्राहकले मासिक रुपमा तिर्नु पर्ने न्युनतम महसुल रु. ३ सय भित्र नै यो सुविधा पनि उपभोग गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL