Logo

सामान्य घट्यो सुन, चाँदीको भाउ प्रतितोला ७ सय ४०

काठमाडौं । विगत केही दिनयता लगातार बढेको सुनको भाउ सोमवार सामान्य घटेको छ । सोमबार सुन प्रतितोला ५५ हजार ४ सयमा कारोवार भएको छ । आइतवार सुनको भाउ  प्रतितोला ५५ हजार ५ सयमा किनबेच भएको थियो । सोमवार चाँदीको प्रतितोला ७ सय ४० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।