Logo

तारे होटलहरुनै तिर्दैनन् घरजग्गा र सवारी कर

तारे होटलहरुनै तिर्दैनन् घरजग्गा र सवारी कर


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौंमा सञ्चालित तारे होटलहरुले हालसम्म कर नै नतिरेको काठमाडौं महानगरपालिकाले बताएको छ ।

महानगरपालिकाका भित्र सञ्चालित अधिकांश तारे होटलहरुले घरजग्गा तथा सवारी कर नतिरेको महानगरपालिकाका राजस्व शाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए । ‘महानगरपालिका भित्र संचालित ३ तारेदेखि ५ तारे गरि ११ ओटा होटलले त्यस्ता कर तिरेका छैनन्,’ उनले भने । जवकि काठमाडौंमा हाल  १३ ओटा तारे होटल सञ्चालनमा छन् ।

सवारी तथा घरजग्गा कर नतिर्ने होटलहरुमा हायात, एभरेष्ट, र्याडिशन, शंकर, मल्ल, याक एण्ड यतिलगायत छन् । यी होटलहरुले हाल व्यवसाय र घर वहाल कर मात्र तिर्दै आएका छन् । तर, होटल सोल्टि र अन्नपूर्ण होटलले भने नियमित कर तिर्दै आएको उनले जानकारी दिए ।

सरकारले २०५७ सालदेखि घरजग्गा कर असुलको लागि निर्देशन दिएसँगै महानगरले होटलहरुको कर उठाउन थालेको हो ।  सरकारले मापदण्ड अनुसारका ठूला होटलसँग कर उठाउने व्यवस्था गरेको हो । २०७० बैशाख २८ गते देखि पर्यटन मन्त्रालयको पर्यटन उद्योग महाशाखा, होटल एशोसियशन नेपाल र काठमाडौं महानगरवीच होटललाई कडाइका साथ करको दायरामा ल्याउने सम्झौता भएको थियो ।

त्यस्त होटलसँग महानगरले बार्षिक रुपमा व्यवसाय, बहाल, घरजग्गा र सवारी कर उठाउदै आएको छ । जसअनुसार होटलले बार्षिक रुपमा होटलको जग्गाको भ्यालुएशनको आधारमा २५ देखि २७ प्रतिशतसम्म कर तिर्नुपर्छ ।

ती होटलहरुले मालपोत बुझाउन आएपनि महानगरले नबुझेको जानकारी दिएको छ । मालपोतलाई सम्पत्तिको  रुपमा लिइने हुँदा सो को आधारमा बैंकको ऋणलगायतको सुविधा लिन सक्छन् । तर, कर नतिर्ने होटललाई बैंकिङ सुविधाबाट वञ्चित गराउन मालपोत नबुझेको उनले जानकारी दिए । कर नतिरेका होटलहरुलाई विस्तारै उनीहरुको सेवामा कटौती गरिने समेत उनले जानकारी दिए ।

महानगरका अनुसार होटलले पाहुना बस्ने आवास गृह, भान्छा, स्विमिङ पुल, पार्किङ, मजदुरबस्ने ठाउँ, बगैचालगायत स्थानको कर तिर्नुपर्दैन । तर कर नलाग्ने स्थानमा यी बाहेक अन्य प्रयोजनका लागि प्रयोग भएमा त्यसको कर तिर्नुपर्ने  बताइएको छ ।  कर तिर्नु नपरे पनि करको विवरण भने महानगरलाई बुझाउनुपर्ने व्यवस्था छ ।

यता होटलको कार्यालय, क्यासिनो रेहको स्थानलगायतको भने कर तिर्नुपर्छ ।  होटल सञ्चालकले हरेक बर्ष आफ्नो होटलले दिइरहेको सेवाका साथै अडिट रिपोर्ट महानगरमा  पेस गर्नुपर्ने हुन्छ ।

सो रिपोर्टको आधारमा महानगरले सो होटलले सेवा तथा होटलको प्रकृत्तिलगायतको आधरमा सेवा दिएन दिएको निरिक्षण गर्छ । कोठाको आकार, जनशक्ति, सुविधालगायत तोकिएको हुन्छ ।

त्यस्तै होटल मानव स्वस्थ्य अनुकुलको हुनुपर्ने मान्यता छ । होटल सञ्चालनका लागि दक्ष जनशक्ति, कोठाको आकार तथा सेवा सुविधाबारे आधारभुत मापदण्ड पुरा गरेको हुनुपर्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL