आप्रवासी कामदारका लागि लामो समयदेखि कर निःशूल्क गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्स (दुबई)ले सन् २०१८ देखि अधिकांश बस्तु तथा सेवामा पाँच प्रतिशत कर लगाउने भएका छन् । विगत तीन बर्षयता तेल बिक्रिबाट हुने आम्दानीमा निरन्तर गिरावट हुन थालेपछि यी देशले करको नीति अख्तियार गरेका हुन् । दुई देशले खासगरी खाद्यबस्तु, कपडा, इलेक्ट्रोनिक्स,…