Logo

होङ्सी पछि भित्रियो चिनियाँ कम्पनी ह्वासिन, १५ अर्ब लगानीमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन

होङ्सी पछि भित्रियो चिनियाँ कम्पनी ह्वासिन, १५ अर्ब लगानीमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चिनियाँ कम्पनी ह्वासिनले नेपालमा सिमेन्ट उद्योगमा १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । नेपालमा सिमेन्ट उत्पादन गर्नका लागि लगानी बोर्ड र चीनको ह्वासिन सिमेन्ट कम्पनीबीच प्रारम्भिक आयोजना लगानी सम्झौता भएको छ ।

बुधबार प्रारम्भिक सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र ह्वाजिनका वाह्य लगानी निर्देशक लिउ ज्याङगावोले प्रारम्भीक मस्र्यौदामा हस्ताक्षर गरेका छन् । ह्वासिनले ह्वासिन सिमेन्ट नारायणी प्रालि उद्योग स्थापना गरिसकेको छ ।

लगानी बोर्डको बैठकबाट परियोजना लगानी सम्झौतालाई स्वीकृति प्रदान पश्चात औपचारिक रुपमा दुई संस्थाबीच लगानी सम्झौता गरिने भएको छ । उक्त कम्पनी संचालनमा आएसँगै नेपालमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन हुनेछ ।

शतप्रतिशत चिनियाँ लगानीमा स्थापना हुने उक्त सिमेन्ट कारखानाका लागि सरकारले धादिङको पानीखर्क चुनढुङा खानी उत्खनन्का लागि अनुमित प्रदान गरिसकेको छ । कम्पनीले खुला प्रतिस्पर्धाबाट ६० करोड रुपैयाँ लगानीमा उक्त खानी खरिद गरेको छ । ह्वासिनले आयोजना लागतको ०.२ प्रतिशत अर्थात ३ करोड रुपैयाँ दस्तुर नेपाल सरकारलाई बुझाउने छ ।

यसअघि चिनियाँ कम्पनीले होङ्सीले नेपालमै सबैभन्दा ठूलो सिमेन्ट कारखाना स्थापना गरी संचालनका लागि अन्तिम तयारीमा पुर्याएको छ । होङसीले ३६ अर्ब लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न कारखाना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL