Logo

५ खर्ब लगानीमा यस्तो बन्दैछ माइक्रोसफ्टको ‘मिनी सिटी’

५ खर्ब लगानीमा यस्तो बन्दैछ माइक्रोसफ्टको ‘मिनी सिटी’


बिजखबर संवाददाता
0
Shares

माइक्रोसफ्टले वासिङटन डिसिको रेडमन्डमा रहेको कार्यालय परिसरको ‘रिनोभेसन’ गर्ने भएको छ । मंगलबार कम्पनीले यस्तो घोषणा गरेको हो ।

कम्पनीको हेडक्वाटरलाई सार्वजजिक यातायात, अग्ला भवन तथा सार्वजनिक स्थलहरुको सुबिधासहित मिनी सिटी बनाउन लागेको जानकारी दिइएको छ ।

टेक कम्पनीका अनुसार ५ सय ‘एकर’ जमिनमा बनाउन लागिएको मिनीसिटी ५ देखि ७ बर्ष भित्र पुरा हुने छ । सो स्थानमा १८ ओटा नयाँ भवन थपिने छ भने १५० मिलियन डलर रुपैयाँ यातायातका पूर्वाधार मर्मतका लागि मात्र लाग्ने छ ।

नयाँ बन्ने मिनीसिटीमा २ ‘एकर’मा १२ हजार जनाका लागि ओपन प्लाजा हाइकिङ रुट, खेल मैदान, रिटेल स्पेस तथा २०२३ सम्ममा रेलवे स्टेशन जोड्ने पुल निर्माण गरिने छ ।

त्यस्तै अन्डरग्राउण्ड पार्किङ पनि निर्माण गरिने छ भने परिसरलाई कार फ्रि तथा हिड्न र साइकल कुदाउनका लागि उपयोगी बनाइने छ । कम्पनीका अनुसार प्राकृतिक प्रकाश, खुल्ला कोठा तथा टीम नाइवरहुडजस्ता सुविधालाई बढावा दिने छ ।

माइक्रोसफ्ट मिनी सिटी निर्माणका लागि करिव ५ खर्ब ११ अर्ब नेपाली लाग्ने अनुमान गरिएको छ ।

माइक्रासफ्टले भनेको छ यो परियोजनामा २५०० जनाले रोजगारीको अवसर पाउने छन् जसबाट विशेषगरी वासिङटन, सिटेल, टाकोमा, ओलम्पियालगायत शहरलाई फाइदा हुने छ । कम्पनीको सो परिसर पुरा हुँदा जम्मा १३१ भवन हुनेछन् । हाल रहेका १२५ मध्य १२ ओटा नष्ट गरेर ४७ हजारमध्ये ८ हजार थपका लागि कोठा हुने छ ।

‘हामीले कामका लागि विश्वस्तरीय वातावरण मात्र तयार गर्न लागेका होइनौ जसबाट विश्वको उत्कृष्ट तथा प्रतिभाशाली प्रतिभालाई बढावा दिन्छ, एक नयाँ परिसर पनि बनाउन लागेका हौ जुन हाम्रा छिमेकीले आनन्द लिन सक्छन्’ राष्ट्रपति ब्राड स्मीथले ब्लगमा पोष्ट गरेका छन् । त्यस्तै पर्यावरणीय प्रभाव सहित स्मार्ट तरिका बाट निर्माण गर्ने उनले बताए । एजेन्सि

प्रतिक्रिया दिनुहोस्
MBL