संयुक्त राष्ट्रसंघ । उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवात भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बुधबार स्वागत गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई बर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको हो । सो सेवाको शुरुवात पश्चात दक्षिण कोरियाले बुधबार स्थानीय समयाअनुसार…