– हरि लामिछाने काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेसनल पेमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न उक्त प्रणाली लागू गर्न लागेको हो । देशभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)को लेखाजोखा गर्ने पद्धतिको विकास गर्ने उद्देश्यले उक्त सेवा कार्यान्वयन गर्ने तयारी गरेको हो…