Logo

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङगाना

नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङगाना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङगाना सर्वसम्मत चयन भएका छन् । यस अघि उनी बैंकर्स संघको उपाध्यक्ष रहेका थिए ।

बैंकर्स संघका तत्कालिन अध्यक्ष अनिल शाहले मेगा बैंक छाडेपछि उक्त पद खाली थियो । तर, सो पदमा कुनै पनि बैंकर्सले आवेदन नदिएपछि ढुङ्गाना सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । उनी नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत हुन ।

संघको आज बेलुका हुने विशेष साधारणसभाले अध्यक्षको औपचारिक घोषणा गर्ने संघका नवनियुक्त अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिए । आफु अध्यक्ष भएसँगै बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रित रहने जानकारी दिए । ‘हामीले यस अघि पनि तरलता व्यवस्थापनका लागि सरोकारवाला निकायसँग सहकार्य गरी सहज बनाउनेतर्फ केन्द्रित रहेका छौं,’ उनले भने, ‘अबका दिनमा पनि यसलाई थप व्यवस्थापन गरिनेछ ।’

पछिल्लो समय बैंकर्सहरुकै सहमतिमा निक्षेपमा निश्चित ब्याजदर तोकको जानकारी त्यसलाई पूर्णरुपमा पालना गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL