Logo

वानप्लस ५ टि नेपाली बजारमा, मूल्य ६४ हजार ९ सय र ७२ हजार ९ सय

वानप्लस ५ टि नेपाली बजारमा, मूल्य ६४ हजार ९ सय र ७२ हजार ९ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वान प्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ ।

‘वानप्लस ५ टि’ मा उच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा छ । जसबाट उच्चगुणस्तरको तस्विर खिच्न सकिने कम्पनीको दाबी छ ।

यसले जस्तोसुकै वातावरणमा सेन्सर र वस्तुहरुका बिचमा सहि दूरी तय गर्न सहयोग गर्छ । साथै यसमा रहेको ठूलोे एप्रेचरले तिब्र गतिमा फोटो खिच्न र दृश्यमा स्थिरता कायम गर्न मद्दत गर्दछ ।

यसमा जडान भएको ड्यास चार्जको कारण आधाघण्टा चार्जगर्दा पुरा दिन कुरा गर्न सकिन्छ जुन वानप्लसको इण्डष्ट्रि नेतृत्व चार्जिङ् टेक्नोलोजी प्रयोग गरेर बनाइएको छ ।

एनसेलका ग्राहकहरुको लागि हरेक हप्ता २०० एमबि प्रोमोस्नल डाटा प्याक प्रत्येक १२ हप्तासम्मको लागि प्रयोग गर्न पाउने छन ।

यो फोन वानप्लस सिरिजहरुमध्ये सबैभन्दा पातलो फोन हो । क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्ममाआधारित यस फोनमा ६ र ८ जीबी र्याम रहेको छ, जसले फोनको सहजयूजर एक्सपेरियन्स न्यूनशक्ति दिन्छ ।

यसले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्छ ।

आइ हब प्रालिका मार्केटिङ म्यानेजर धिरेन्द्र कुशवाहका अनुसार फोनमा अल्मुनियमको यूनिबडी विशेषताका साथमाफोनको एजमा हार्ड लाइन राखिएको छ । यसको समानान्तर लाइन जून वानप्लस डिजाइनको मूख्य डिजाइन तत्वहो ।

जसले आधा भागलाई उज्यालो देखाउँछ भने अर्को भागलाई अध्याँरो प्रर्दशित गर्दछ । यसको घुमाउरो कुनाहरु र एजले गर्दा ‘वानप्लस ५ टि’लाई हातमा आरामदायीपमा अनुभव गर्न सकिन्छ ।

यसको अल न्यू प्रो मोडले स्मार्टफोन प्रयोगकर्ताहरुलाई डिएसएलआरको जस्तै विशेषताहरु प्रदानगर्दछ । जस्तै आईएसओ, ह्वाइट ब्यालेन्स, सटर स्पीड, फोकस र एक्सपोजर मोडिफिकेसनका साथ–साथै अन स्क्रीन हिस्टोग्राम र तस्विर खिचेपछि एडिट गर्नका लागि पूर्ण नियन्त्रण गराउन आर ए डब्लू इमेज फाइल सपोर्ट गर्दछ ।

पावर म्यानेजमेन्टलाई ह्याण्डसेटबाट एडप्टरमा स्थानान्तरण गरेपछि फोन चार्ज भईरहेको बेलामा पनि फोन तात्ने समस्या आउँदैन् ड्यास चार्जले जीपीएस प्रयोग भईरहेको बेलामा वा उच्च ग्राफिक्स भएका गेमहरु खेलिरहेको बेलामा पनि तिब्र रुपमा फोनलाई चार्ज गर्दछ ।

वानप्लस ५ टिले क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्मको उच्चतम फाईदा दिन्छ जसले ४० प्रतिशत कम उर्जामा पनि शक्तिशाली कार्यदक्षता कायम गर्दछ ।

८ जीबी सम्मको एल पी डि डि आर ४ एक्स र्यामका साथ, ‘वानप्लस ५ टि’ ले ठूलो मात्रामा ब्याकग्राउण्डमा विभिन्न एप्स संचालन गर्न सकिन्छ ।

यसको यूएफएस २.० र नयाँ टू लेन रोमको संयोजनमा २६ प्रतिशत तिब्र गतिको स्टोरेज क्षमताप्रदान गर्छ, जसमा विभिन्न गेमहरु तथा एप्स इन्स्टल गर्न वा संचालन गर्न सकिन्छ ।

‘वानप्लस ५ टि’मा भएको नयाँ अपडेटमा रिडिङ मोड पनि रहेको छ, जसले साँच्चिकै पुस्तक पढेको जस्तो सुविधा दिन एम्बिएन्ट सेन्सर र ग्रे स्केल म्यापिंग गर्दछ ।

गेमिङ डु नट डिस्टर्ब मोडले बिना कुनै नोटिफिकेसन अथवा आकस्मिक रुपमा थिचिने हार्डवेयर बटनले हुने समस्यारहित भएर प्रयोगकर्ताहरुलाई उनीहरुको मनपर्ने गेम्स खेल्ने सुविधा दिन्छ ।

उक्त फोनको बजार मुल्य ६४ जीबीको ६४ हजार ९ सय छ भने १२८ जीबीको ७२ हजार ९ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL