काठमाडौं । नेपाल टेलिकमले छिमेकी देश भारतबाट अन्तरराष्ट्रिय डाटा रोमिङ सेवाको सुरुवात गरेको छ । टेलिकमले शुक्रबार देखि लागु हुनेगरी भारतीय नेटवर्कमा अन्तरराष्ट्रिय डाटा रोमिङ सेवा सुरु गरेको हो । टेलिकमले आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसंगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।…