Logo

नेपाल टेलिकमको अन्तरराष्ट्रिय डाटा रोमिङ सेवा भारतबाट सुरु

नेपाल टेलिकमको अन्तरराष्ट्रिय डाटा रोमिङ सेवा भारतबाट सुरु



काठमाडौं । नेपाल टेलिकमले छिमेकी देश भारतबाट अन्तरराष्ट्रिय डाटा रोमिङ सेवाको सुरुवात गरेको छ । टेलिकमले शुक्रबार देखि लागु हुनेगरी भारतीय नेटवर्कमा अन्तरराष्ट्रिय डाटा रोमिङ सेवा सुरु गरेको हो । टेलिकमले आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसंगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।

त्यसैगरी गत २०७६ बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ । हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा शुक्रबार देखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध गराएको हो ।

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको टेलिकमले जानकारी दिएको छ । अब उप्रान्त नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएम का साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्नेछन ।

बिहीबार सम्म अन्तर्र्रािष्ट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकहरुलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ । उक्त मिति पश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ ।

जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले हाललाई डाटा रोमिङ सेवा छिमेकी मित्रराष्ट्र भारतमा प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL