काठमाडौं । जन्मको आधारमा नागरिकता लिएकाका सन्तानले अब वंशजको नागरिकता पाउने भएका छन । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलिदिएपछि वंशजको आधारमा नागरिकता पाउने भएका हुन । गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको छ…