Logo

८ हजार जनालाई सेनामा जागिर खाने अवसर, खुल्यो सैन्य पण्डितदेखि कुचिकार सम्मको आवेदन

८ हजार जनालाई सेनामा जागिर खाने अवसर, खुल्यो सैन्य पण्डितदेखि कुचिकार सम्मको आवेदन



काठमाडौं । नेपाली सेनाले ८ हजार पदका लागि आवेदन माग गरेको छ । सेनाले सामान्य लेखपढ गर्नेदेखि विभिन्न विषयमा उत्तिर्ण ८ हजार १ सय २ जना कर्मचारीका लागि आवेदन माग गरेको हो । देशभरका २९ भर्तीकेन्द्रमार्फत सैन्य, मेडिकल, सुचिकार, कुचिकार लगायतको पदपुर्तीका लागि आवेदन खुलाएको छ ।

laxmi

सेनाले खुलाएको उक्त आवेदन भर्नका लागि जमदार लेखा कर्मचारीका लागि लेखा तथा अर्थशास्त्रमा प्लस टु पास गरेको र अंग्रेजी र नेपाली टाईप गर्न सक्ने योग्यता भएको हुनु पर्नेछ ।
यस्तै सहायक पण्डितका लागि भने संस्कृत बिषयमा १० कक्षा पास गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

यस्तै अन्य जस्तै मेडिकल, ड्राईभर, बाद्यबादन लगायतमा आवेदन दिनका लागि सम्बन्धीत विषयमा ज्ञान भएको प्रमाणपत्र तथा एसईई सम्म पास गरेको हुनुपर्नेछ ।
साथै सैन्य क्षेत्रमा आवेदन दिनका लागि भने कक्षा ८ पास गरेको हुनुपर्ने सेनाले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL