Logo

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता, सर्वाेच्चले खोल्यो बाटो

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता, सर्वाेच्चले खोल्यो बाटो



काठमाडौं । जन्मको आधारमा नागरिकता लिएकाका सन्तानले अब वंशजको नागरिकता पाउने भएका छन । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलिदिएपछि वंशजको आधारमा नागरिकता पाउने भएका हुन ।

गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको छ ।

गृहको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा दायर रिटमा मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो ।

गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL