काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन नजिकै गर्दा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीहरु प्यानल सहित मैदानमा उत्रिएका छन् । महासंघको विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान राखेसँगै वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धीहरु प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । दुवै तर्फबाट उम्मेद्वारीको घोषणा भैसकेकोले चुनावी प्रतिस्पर्धा अवश्यम्भावी देखिएको छ । सर्वसम्मतिका लागि पूर्व अध्यक्ष महेशलाल प्रधान…