Logo

फोर्डको बीएस६ प्रदुषण मापदण्डमा आधारित ईकोस्पोर्ट बजारमा, यस्तो छ बजारमूल्य

फोर्डको बीएस६ प्रदुषण मापदण्डमा आधारित ईकोस्पोर्ट बजारमा, यस्तो छ बजारमूल्य



काठमाडौं । फोर्ड नेपालको लागि आधिकारिक विक्रेता जीओ अटोमोबाईल्सले २०२० संस्करणको फोर्ड ईकोस्पोर्ट सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका बीच बीएस ६ पुरानो मूल्यलाई निरन्तरता दिई सार्वजनिक गरेको हो ।

२०२० मा सार्वजनिक यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल डिजेल इन्जिनको लागि विशिष्ट रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार गाडीमा साढे १ लिटर टिडीएसल ईन्जिन रहेको छ । जसले १ सय पीएस पावर र २ सय १५ एमएम टर्क प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिसनमा आधारित छ ।

२०२० संस्करण ईकोस्पोर्ट ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टीका साथ आउने यी गाडीहरु स्वामित्व आफ्नो सेग्मेन्टमा सबैभन्दा कम स्वामित्वखर्चमा प्राप्त छन ।

यस संस्करणमा पनि ईकोस्पोर्टले आकर्षक वाहिरी बनावट, आरादायी भित्री बनावट तथा स्टाइल लाई कायम राखेको छ । साथै यो सनरुफ जडित भेरियन्टमा पनि भेरियन्टमा पनि उपलब्ध छ ।
यसमा ६ ओटासम्म एयरव्याग, ८ ईन्चको टचस्क्रिन, स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट, स्टप बटन लगायतका सुविधा समेत जडान गरिएको छ ।

कम्पनीले यसको बजारमा मुल्य विभिन्न भेरियन्टको ३८ लाख ९९ हजार रुपैयाँ देखि ५४ लाख ९९ हजार रुपैयाँसम्म तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL