Logo

४६ जिल्लाका स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड ईन्टरनेट सेवा, २ बर्षसम्म निशुल्क

४६ जिल्लाका स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड ईन्टरनेट सेवा, २ बर्षसम्म निशुल्क



काठमाडौं । सरकारले विभिन्न ४६ जिल्लाका सबै स्थानीय तहमा ब्रोडब्यान्ड ईन्टरनेटको पहुँच पुर्याएको छ । नेपाल दूरसंचार प्राधिकरणको ग्रामिण दूरसंचार विकास कोष (आरटीडीएफ)को परिचालन गरी सरकारले उक्त जिल्लाका स्थानीय तहमार ब्रोडब्याण्ड ईन्टरनेट सेवाको पहुँच पुर्याएको हो ।

laxmi

प्राधिकरणले विभिन्न १८ ओटा प्याकेजसहित देशभरका स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याउने लक्ष्य राखेको थियो । सोहीअनुरुप हालसम्म ४६ ओटा जिल्लाका सबैजसो स्थानीय तहमा ब्रोडब्याण्ड ईन्टरनेट पुर्याईएको हो ।

प्राधिकरणले उक्त ४६ जिल्लामा पुगेको ब्रोडब्याण्ड ईन्टरनेट सेवा २ बर्षका लागि निशुल्क संचालन गर्न दिएको हो । त्यसपश्चात सबै स्थानीय तहलाई उक्त ईन्टरनेट सेवाको शुल्क लाग्ने बताईएको छ ।
उक्त जिल्लाका कुनै वडा कार्यालय, सामुदायिक विद्यालय तथा अस्पतालहरुमा ईन्टरनेट सेवा जडान गर्न बाँकी भए प्राधिकरणमै सम्पर्क गर्न प्राधिकरणले आग्रहसमेत गरेको छ ।

साथै उक्त जिल्लाका स्थानीय तहका सर्वसाधारणले पनि ईन्टरनेट सेवा जडान गर्न चाहेको खण्डमा सम्बन्धीत सेवाप्रदायकसँगको सहकार्यमा जडान गर्न सकिने व्यवस्था रहेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनका अनुसार उक्त जिल्लाका स्थानीय तहमा बसोबास गर्ने स्थानीयले पनि ईन्टरनेट जडान गर्न पाउनेछन् । जसका लागि सम्बन्धीत क्षेत्रमा ईन्टरनेट जडान गर्ने सेवाप्रदायकसँगै सम्पर्क गर्नुपर्ने हुन्छ ।

उक्त जिल्लाहरुका स्थानीय तहहरुमा ब्रोडब्याण्ड ईन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकम, सुविसु केबलने, वर्ल्डलिंक कम्युनिकेशन, भायानेट कम्युनिकेशनलगायत सेवाप्रदायकले प्याकेज हात पारेका थिए ।

प्राधिकरणले ग्रामिण दूरसंचार कोषको परिचालन गर्दै मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग र देशभर ब्रोडब्याण्ड ईन्टरनेट विस्तारेको परियोजना अघि बढाएको छ ।

४६ जिल्लाका स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड ईन्टरनेट सेवा, २ बर्षसम्म निशुल्क

प्रतिक्रिया दिनुहोस्
MBL