काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकको गुनासो सम्बोधनका लागि कार्यविधि बनाएको छ । राष्ट्र बैंकले सोमबार गुनासो सम्बोधनका लागि एक समितिको परिकल्पना गर्दै पहिलो पटक ‘नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७’ जारी गरेको हो । उक्त कार्यविधिले वित्तीय ग्राहकलाई सेवाप्रदायकबाट हुने असहज परिस्थिति, ढिलासुस्ती, बेवास्ता, पक्षपात, लापरबाहीलगायतका गुनासोलाई सम्बोधन गर्ने…