Logo

सोमबार १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७ सय २४ जना निको भई घर फर्के

सोमबार १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७ सय २४ जना निको भई घर फर्के



काठमाडौं । सोमबार थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको मन्त्रालयले जनाएको छ। आजै १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ।

सोमबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL