काठमाडौं । प्रतिनिधिसभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरेको छ। बुधबार बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखेका थिए, जसलाई बहुमतले पारित गरिएको हो । यसअघि, सांसद स्वर्णिम वाग्लेले उक्त अध्यादेश अस्वीकृत गर्नुपर्ने भन्दै राखेको सूचना बहुमतले अस्वीकार गरेको थियो। अध्यादेशबारे उठेका प्रश्नहरूको जवाफ…